पोखरा कप विद्यालयस्तरीय क्रिकेटमा सगरमाथा र अंमरसिंहको जित

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
Cricket news

पोखरा । पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा मावि र अमरसिंह मावि विजयी भएका छन् ।

बि–बग इभेन्ट्सको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् ।
पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३०२ रनको विजयी लक्ष्य कुमुदिनी होम्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८३ रनमा समेटिएको हो । कुमुदिनी होम्सका लागि अनन्त सुवेदीले १६ र समीप दासले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् । बलिङमा सगरमाथाका सत्यजित शर्मा र किर्बिन श्रेष्ठले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले किर्बिन श्रेष्ठको दोहोरो शतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । किर्बिनले ७४ बलमा शानदार दोहोरो शतक प्रहार गरेका थिए । उनी २०४ बलमा अविजित रहे । मोहमम्द मियाले ५७ रनको योगदान दिए । बलिङमा कुमुदिनी होम्सका लक्की गुप्ताले २ र संकल्प पौडेलले एक विकेट लिए । दोहोरो शतक प्रहार गरेका किर्बिन प्लेयर अफ द म्याच बने ।

शनिबार नै भएको दोस्रो खेलमा अमरसिंह माविले एसओएस गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । एसओएस गण्डकीले दिएको ९८ रनको लक्ष्य अमरसिंहले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । अमरसिंहका सुमन पन्तले ३६, विमोचन सापकोटाले २२ र कल्यान कुमालले १९ रन बनाए । बलिङमा एसओएस गण्डकीका कपिल पौडेलले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको एसओएस गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । एसओएस गण्डकीका कपिल पौडेलले अविजित ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । बलिङमा अंमरसिंहका सुस्मत गौतमले सर्वाधिक २ विकेट लिए । खेलको लेयर अफ द म्याच अंमरसिंहका सुमन पन्त घोषित भए ।

प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा रंगशालामा जारी पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा छक्का आएको बललाई क्याच गर्ने दर्शकलाई पुरस्कार दिने प्रतियोगिता संयोजक उदीप ढुंगानाले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…

hero news full width