पोखरा । ‘विदेशबाट आएको कल वा मेसेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध छ । नेपाल टेलिकम, राष्ट्रको सञ्चार’ यो सन्देश नेपाल टेलिकमको सिम प्रयोग गर्नेहरूको मोबाइलमा पछिल्लो समय प्रवाह भइरहेको छ ।
अवैधरुपमा इन्टरनेटको माध्यमबाट एसएमएस बाइपास गरेर पठाउँदै कर छलीको काम चलिरहेको छ । म्यासेजमात्र नभएर कल नै बाइपास गरेर दूरसञ्चार केन्द्र र सरकारलाई असर पार्ने काम गोप्यरुपमा चलिरहेको छ । यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अपरेसन थालेको छ । अपरेसनका क्रममा पोखरामा पनि यस किसिमको कार्य भइरहेको जानकारी प्राप्त भएपछि यहाँ खोजी कार्य सुरु भयो ।
नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ४ घर भई हाल पोखरा ११ फूलबारी बस्ने २७ वर्षका ईमरान अहमद र पर्सा सखुवापर्सौनी गाउँपालिका ५ घर भई पोखरा ११ फूलबारी बस्ने ३७ वर्षीय विशाल साह कलवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए ।
उनीहरूका साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स) २ वटा बरामद ग¥यो । उनीहरूकै बयानका आधारमा त्यो सिम बक्सबाट फेब्रुअरीदेखि काम सुरु गरेका हुन् । साथै त्यहाँ प्रयोग भएको सिम १ सय २८ थान, त्यसको चार्जरसहित वल्र्डलिंकको एउटा राउटर पनि बरामद गरेको छ । प्रहरीले एनसेलको छुट्टै ५ सय ९७ वटा सिम पनि नियन्त्रणमा लिएको छ ।
योबाहेक उनीहरूको साथबाट युपिएस, एक्सटेनसन कार्ड, पेनड्राइभ, मोबाइल, आइफोन १÷१ थान बरामद गरेको छ । फाइबर नेट तार २, परिचयपत्र ३, चेकबुक २ थान नियन्त्रणमा लिएको एसपी थापाले बताए ।
अहिले अवैध भिओआइपीको धन्दा सक्रिय रुपमा देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए । यसरी अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासको धन्दा चलाएर दूरसञ्चार र नेपाल सरकारले करबापत् पाउने रकम विदेशी गिरोहको कब्जामा गइरहेको उनले सुनाए ।
गेटवेको (सिम बक्स) को काम एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने रहेको उनले बताए । नेपालमा दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय कल नेपालमा भिœयाउने गरेका छन् । यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पु¥याउने प्रक्रियालाई नै अवैध कल बाइपास भनिने प्रहरी निरीक्षक खत्रीले सुनाए ।
पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए । बिगोका लागि नेपाल दूरसञ्चार प्राधिकरण पठाउने उनले बताए ।
उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिवाना वा दुवै हुने थापाले बताए ।
Related News
सम्बन्धित समाचार
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
hero news full width
मुख्य समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१