प्रतिभा माविमा ‘फुड फेस्टिभल’

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
Prativa Food Festival

पोखरा । प्रतिभा माविमा शनिबार खाना महोत्सव (फुड फेस्टिभल) भएको छ । पाठ्यपुस्तकमा पढेका विषयलाई व्यवहारमा अभ्यास गराउने उद्देश्यसहित फेस्टिभल गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभल गरेका हुन् । पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले फेस्टिभल उद्घाटन गरे । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फुड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फुड फेस्टिभल गर्न थालिएको हो ।

विद्यालयमा विज्ञान विषयका विद्यार्थीले विज्ञान प्रदर्शनी, व्यवस्थापन विषयका विद्यार्थीले बिजनेस प्लान प्रस्तुति र होटल व्यवस्थापनका विद्यार्थीले फूड फेस्टिभल गर्दै आएका छन् । प्राचार्य सापकोटाका अनुसार गतवर्षको फेस्टिभलबाट ३५ हजार रुपैयाँ बचत भएको र त्यो पैसा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ती दिनेगरी विद्यार्थीले नै व्यवस्थापन गरेका छन ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्लो समय विश्वकै ठूलो व्यावसाय पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम निकै नै रचनात्मक हुने बताए । उत्प्रेरक वक्ता डा. रवीन कटुवालले होटल ब्यबस्थापनको अब्बल जनशक्ति तयार गर्नका लागि विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कटुवालले विदेश जाने जनशक्तिलाई रोक्नका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए ।

प्रमुख अतिथि पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले विद्यालयमा लिएको शिक्षा मात्र पर्याप्त नहुने भएकोले व्यावहारिक ज्ञान आवश्यक परेका बताए । ‘विद्यालयको शिक्षाले मात्र पुग्दैन त्यो शिक्षा व्यावहारिक पनि हुनुपर्छ,’ उनले भने, ‘सीकाईलाई सिपमा बदल्न यस्ता गतिविधि आवश्यक छ ।’
होटल व्यवस्थापन विषयकी विद्यार्थी तथा कार्यक्रमकी अध्यक्ष समेत रहेकी अफ्रिन घलेले आफूहरुका लागि यो सिकाई निकै नै महत्वपूर्ण रहेको बताइन् । विद्यालय परिसरमा विभिन्न स्टल राखेर विद्यार्थीले परिकारहरु पस्केका थिए । विद्यार्थीले नै विभिन्न कला पनि प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width