१. देशमा चुनावी सरकार गठन भएको र निर्वाचन आयोगमा पदाधिकारीहरू नियुक्त पनि गरिएकाले चुनावको चर्चा हुने गरेको छ। सरकारले चुनावको घोषणा गरेको छैन। तर राजनीतिक नेताहरू कहा’ गएर र कुन ठाउ’बाट चुनाव लडेर आफ्नो भविष्य सुनिश्चित होला भनेर यताउता चलमलाउन लागेका छन्।
२. त्यसरी चलमलाउने क्रममा सानातिना कार्यकर्ता एउटा पार्टीकाट अकोर्मा जान थालेका छन्। केही दिन पहिले नेकपा-माओवादीका केही कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका थिए। त्यस्तै केही कलाकारहरू एमालेमा सामेल भएको समाचार पनि आएको छ। त्यस्तै जिल्लातिर कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
३. त्यसरी एक पार्टीपरित्याग गरेर अर्को पार्टीका जानेहरूमा रामचन्द्र झा चर्चित भएका छन्। उनी एमालेको पोलिट्ब्यूरो सदस्य थिए तर एमालेमा विचार नमिलेको भन्दै उनी एकीकृत माओवादीमा प्रवेश गरेका छन्। एकीकृत माओवादीले उनलाई सम्मानजनक पद दिने घोषणा गरेको छ। त्यो पार्टीले उनलाई के पद दिन्छ त्यो भने प्रष्ट गरिएको छैन।
४. झाका साथ पूर्व सभासद् लक्की शेर्पा र अन्य कार्यकर्ता पनि एकीकृत माओवादी प्रवेश गरेका छन्। उनीहरूलाई जनजाति आदिवासीको पार्टीभनेर चिनिने सङ्घीय समाजवादी पार्टीले पनि तान्न प्रयास गरेको थियो। सायद उनीहरूले त्यहा’ आफ्नो भविष्य देखेनन् र एमाओवादी पार्टीका प्रवेश गरेको अनुमान गरिएको छ।
५. संविधानसभाको पहिले भएको चुनावपूर्व तराई मधेसका धेरै नेता र कार्यकर्ता नेपाली काङ्ग्रेस र एमाले परित्याग गरी त्यहा’का क्षेत्रीय पार्टीका प्रवेश गरी चुनाव जितेका थिए। त्यसबेला तराईमा क्षेत्रीय हावा जोडतोडले बहेको थियो। क्षेत्रीय भावनालाई उचालेर धेरैले फाइदा पनि उठाएका थिए। अहिले पनि नेताहरूले त्यस्तै मौका खोजेका छन्।
६. केही समय आयाराम गयारामहरूको आवतजावत चलिरहने छ। असारमा चुनाव हुन नसके त्यो आवतजावत अरु बढ्ने छ। त्यस बेलासम्म पार्टीरूले अनेक आकर्षण र प्रलोभन दिएर तान्ने अवसर पनि धेरै पाउनेछन्। अस्थिर स्वभावकाहरू कहा’ गएर होला भनी सुरक्षित ठाउ’ खोज्नेछन्।
७. नेताहरू अरुलाई सिद्धान्तको पाठ पढाउ’छन्। इमान्दार हुनुपर्ने उपदेश दिन्छन् र राष्ट्रियताको नारा लगाउ’छन् तर तिनै कुराको मापदण्डबाट उनीहरूलाई नापि हेरियो भने परिणाम लाजमदो देखिन्छ। तैपनि उनीहरू लाज नै नमानी एकबाट अर्को पार्टीमा जान्छन् र उनैले जनतालाई सिद्धान्त सिकाउने गर्दछन्। यो दुर्भाग्य हो। यो दुर्भाग्य अवस्थाको छिटो अन्त गरिनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१