पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ ।
शनिबार फाइनलमा पाँचौं पटकसम्मको विजेता थ्रिस्टारलाई ३–० गोलअन्तरले पराजित गर्दै २० वर्षपछि आर्मीले पहिलो पल्ट उपाधि चुमको हो । उपाधिसहित उसले नगद १२ लाख प्राप्त ग¥यो ।
२०६० सालदेखि यो सहित १५ औं पल्टसम्म पोखरा रंगशालामा फुटबल खेल्न आएको विभागीय आर्मी यसअघि चार पल्ट फाइनल पुगेर पनि उपाधिबाट वञ्चित थियो ।
फाइनलमा जितका लागि आर्मीका क्याप्टेन जिलेप्सीजंग कार्कीले खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सिद्धान्त चौधरीले दायाँ साइडबाट हानेको कर्नरमा विपक्षीको बक्सको बायाँ साइडमा अनमार्क जिलेस्पी हेड प्रहार गर्दै सुन्दर गोल गरेका हुन् ।
दोस्रो हाफमा आर्मीले थप २ गोल थपेको हो । खेलको ८३ औ मिनेटमा फत्तेमान घले र इन्जुरी टाइममा वसन्त जिम्बाले गोल गरेका हुने ।
१० हजार बढी दर्शकको उपस्थितिमा भएको खेलमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले केही राम्रा अवसर गुमाउँदा सर्वाधिक उपाधिका लागि नेपाल पुलिस र मनाङसँग बराबरी गर्न चुकेको छ । उपविजेताले ६ लाख पुरस्कार पाएको छ । आर्मीका विमल पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर चढे ।
५ वर्षअघि फाइनलमा थ्रीस्टारले टाइब्रेकरमा आर्मिलाई हराएकोमा यसपालि बदला लिएको हो ।
विधागत पुरस्कारमा आर्मीकै वर्चश्व–
Related News
सम्बन्धित समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
hero news full width
मुख्य समाचार
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१