पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ ।
सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित मनाउन सुरु गरिएको यो दिवस सन् २०२४ को नारा ‘सिमसारः मानव हितको आधार’ नाराका साथ पोखरा ३०, मैदीताल परिसरमा मनाइएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कण्डेलले सिमसारक्षेत्रमा हुने प्रदुषण रोक्नुपर्ने, सिमसारको संरक्षण, दिगो व्यवस्थापन र स्थानीय रूपमा सिमसार पुनस्र्थापना गर्ने विषयमा जोड दिए ।
गण्डकी प्रदेश सरकार ताल संरक्षण तथा विकास प्राधिकरण पोखराको आयोजनामा भएको कार्यक्रमा स्वागत गर्दै मैदीताल मत्स्य तथा कृषि पर्यटन सहकारीका अध्यक्ष भरतप्रसाद तिवारीले सिमसार र मानिस जीवन अन्तर सम्बन्धित भएका उल्लेख गर्दै सिमसार क्षेत्र हाम्रो कल्याणको केन्द्रबिन्दु भएकामा जोड दिए ।
मैदीताल संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३० का जनप्रतिनिधि विनोदप्रसाद लामिछाने, महाशाखा प्रमुख घनेन्द्रबहादुर खनाल, कार्यक्रम अधिकृत कमल लम्साल, ताल संरक्षण समितितर्फबाट गुँदेताल संरक्षण समितिका सूर्यप्रसाद भण्डारी, फोकोफनका विश्वराज लामिछाने लगायतले वन क्षेत्रका समस्याका साथै सिमसारबाट मानिसले धेरै फाइदा पाउँदा पनि हरेक दिन सिमसारमा मानिसले क्षति पु¥याइरहेको, सिमसार क्षेत्रहरू दिगो कृषि अभ्यासद्वारा नष्ट भइरहेका, ढल निकास र इन्फिलिंगको माध्यमबाट सिमसार जग्गा क्षति भएका, सिमसार क्षेत्रहरू मानव गतिविधिद्वारा प्रदूषित भएका, जलवायु परिवर्तन र बसोबासको वर्तमान प्रवृत्तिले संरक्षणको लागि ठूलो खतरा निम्त्याएका जस्ता कुराहरु औंल्याएका थिए ।
सिमसारको संरक्षण, व्यवस्थापन र पुनर्स्थापनामा जोड दिदै पोखरा ३० का जनप्रतिनिधि, वडाध्यक्ष दुर्गा सुवेदी, पोखरा २९ की जनप्रतिनिधि सुमाया सुनार, स्थानीय संघसंस्थाका प्रतिनिधिको सहभागितामा ताल परिसर सरसफाइ समेत गरिएको थियो ।
रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलासय, बिससहजारी, ताल समूह, राराताल, शे–फुक्सुन्डो ताल, गोसाइकुण्ड ताल समूह, गोक्यो ताल समूह, माइपोखरी र पोखराका ९ वटा ताल समूह गरी जम्मा १० वटा सिमसार सूचीकृत भएका छन् भने यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ३० हजार ५ सय ६१ हेक्टर राहेको छ । पोखराका तालहरु अन्तर्गत फेवाताल लगायत अन्य ८ ताल बेगनास, रुपा, मैदी, दिपाड, खास्टे, कमलपोखरी, न्यूरेनी र गुदे तालहरु पर्दछन् ।
अन्तराष्ट्रिय महत्वका सिमसार खासगरी पानी हाँसको बासस्थान संरक्षणबारे महासन्धिलाई चलन चल्तीमा रामसार महासन्धि भनिन्छ । २ फेब्रुअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा सम्पन्न यस अन्तर्राष्ट्रिय महासन्धि सन् १९७५ देखि कार्यान्वयन हुन थालेको हो । हाल विश्वका १ सय ७२ देश यसमा आवद्ध छन् ।
Related News
सम्बन्धित समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१