पोखरा। थ्रिस्टार आहा रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।
६६ औं मिनेटसम्म गोलरहित बराबरी खेलकोमा प्रशिक्षक विक्रम लामाले आदित्य शाक्यको स्थानमा दीपेश घलेलाई मैदान छिराए । त्यसको १२ मिनेटमै घलेले गोलको खडेरी तोड्दै सुन्दर गोल गरी टिमलाई फेरि उपाधि नजिक पु¥याउन मद्दत गरे । थ्रिस्टार आहारारामा यसअघि ५ पटकसम्म उपाधि चुमेको टिम हो ।
क्लबका पूर्व कप्तानसमेत रहेका लामा यसपालि प्रशिक्षक भूमिकामा छन् । उनले प्रतिस्पर्धात्मक खेलमा गोलका केही अवसर खेर गएको प्रतिक्रिया दिए । पोस्ट म्याच कन्फरेन्समा उनले फाइनलमा आर्मी वा चर्च ब्वाइज युनाइटेड जुन आए पनि खेल प्रतिस्पधात्मक हुने बताउँछन् ।
विभागीय त्रिभुवन क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेताले थ्रिस्टारसँग शनिबार फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
hero news full width
मुख्य समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१