ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
माघ ८, २०८०
eye sibir

पोखरा २९ को आर्थिक तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट ३ सय ४ जनाले आँखा जाँच सेवा लिएका छन् । वडास्तरीय ज्येष्ठ नागरिक समितिको सहकार्यमा सञ्चालित शिविरमा १ जनाको जलविन्दु र १७ जनाको मोतिबिन्दु देखिएको थियो ।

सेवा लिएका बिरामीहरूलाई निशुल्क रुपमा चस्मा तथा औषधी वितरण गरिएको थियो भने जटिल प्रकृतिका बिरामीहरूलाई थप उपचारको हिमालय आँखा अस्पताल पोखरा लगिएको समितिका सचिव बाबुराम सुवेदीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडावासीलाई स्वास्थ्यबारे सचेत गराउन शिविर सञ्चालन गरेको बताए ।

ज्येष्ठ नागरिक समाज पोखरा २९ का अध्यक्ष नारायण ओझाको अध्यक्षतामा भएको कार्यक्रम ९० वर्षीय भोजराज भण्डारीको आँखा परीक्षण गरी कार्यक्रम सुरु गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width