पेन्सन क्याम्पमा मणिपालको शिविर

आदर्श समाज सम्वाददाता
माघ ७, २०८०
manipal

पोखरा । मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा भारतीय पेन्सन क्याम्प पोखरामा निशुल्क मुटुरोग शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४० जनाको मुटु परीक्षणका साथै इसिजी गरिएको थियो । साथै ४५ जनाको भिडियो एक्सरे समेत गरिएको छ ।

इसिएचएस अन्तर्गत गरिएको उक्त शिविरमा मुटुरोग बिशेषज्ञद्वारा मुटु सम्बन्धी स्वास्थ्य सेवा तथा इसिजी परीक्षण सेवा निशुल्क प्रदान गरिएको अस्पतालले जनाएको छ । मणिपाल शिक्षण अस्पतालले सामाजिक दायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सेवा विभिन्न स्थानमा सञ्चालन गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width