जिप चोरी अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
police jeep

पोखरा। पार्किङमा रहेको जिप चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४, खाल्टेमसिनाका २० वर्षीय गोविन्द परियार हुन् ।

पोखरा १०, अमरसिंह स्कुलको खेल मैदानमा पार्किङमा रहेको ग२च २३४३ नम्बरको बलरो जिप बुधबार बिहान साढे १ बजे एक्कासि हराएपछि खोजी सुरु भयो । अन्ततः उक्त जिप उनै गोविन्द परियारले चलाइरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले फेला पारेको हो ।

प्रहरीले उनलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमतिलाई अनुसन्धान थालेको जनाएको छ ।
अघिल्लो महिना पनि पोखराको बसपार्कबाट एक किशोरले पार्किङ गरिराखेको बस कुँदाएर चितवन पुगेको अवस्थामा पक्राउ परेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    म्याग्दी ।  राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • छुट प्रदान गर्ने सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । दीर्घायु पोखरा हस्पिटल प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा…
  • ‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । लेकसाइडस्थित एके टुर्स एन्ड ट्राभल्समा गत २० वैशाखमा फोन आयो । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्ने एक अपरिचित…
  • सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ ।…

hero news full width

trending post