उद्योगपति चन्द्रकृष्णलाई पत्नी शोक

आदर्श समाज सम्वाददाता
पौष २६, २०८०
sndari karmacharya

पोखरा । कर्माचार्य गु्रपका अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई पत्नीशोक परेको छ । उनकी पत्नी सुन्दरी कर्माचार्यको ७० वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन भएको हो । कुमारी नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यकी आमा हुन् ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित सुन्दरीको हृदयघातका कारण मृत्यु भएको हो ।

सुन्दरीका पति चन्द्रकृष्ण, छोरा माइकल र छोरीहरु रेखा र नितु कर्माचार्य छन् । सुन्दरीको शव बिहीबार नेपाल ल्याएर शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने भएको छ ।

नेपाली कांग्रेस कास्कीले बिहीबार विज्ञप्ति निकालेर कोषाध्यक्ष माइकल कर्माचार्यलाई मातृशोक परेकोमा दुख व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width