पोखरा । शिक्षा र स्वास्थ्यलाई अग्रस्थानमा राखी सामाजिक कार्यमा सक्रिय बृहत फेदीखोला पोखरा सम्पर्क समाजले बुधबार गण्डकी मेडिकल कलेज (जिएमसी) पोखरासँग स्वास्थ्य परीक्षणमा छुटसम्बन्धी सम्झौता गरेको छ ।
स्वास्थ्य परीक्षणमा छुट सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष जितबहादुर क्षेत्री (राजकुमार) को संयोजकत्वमा संस्थाका अध्यक्ष जगदीश लामिछाने, सचिव मीनप्रसाद सुवेदी र सदस्य सूर्य पौडेल तथा अस्पतालका सिइओ प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ लगायत कृष्ण पौडेल र डा. टुकमाया घलेको उपस्थिति थियो ।
सम्झौताअनुसार दर्तामा २० प्रतिशत, बहिरंग सेवाको बेड चार्जमा १० प्रतिशत, दन्त सेवा (सामग्री बाहेक) मा १५ प्रतिशत छुट दिने भएको समाजका अध्यक्ष जगदीश लामिछानेले बताए ।
समाजले यस अघि आफ्नो आजीवन सदस्यहरूको लागि मणिपाल अस्पताल र युआरएलमा छुटसम्बन्धी सम्झौता गरिसकेको कार्यक्रम संयोजक जितबहादुर क्षेत्री (राजकुमार) ले बताए ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१