विद्युत शक्ति र विद्यमान जनशक्ति

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०६९

फर्पिङ जलविद्युत नेपालको पहिलो आयोजना हो। यो आयोजना वि.सं १९६८ मा चन्द्र शम्शेरको पालामा ५०० किलोवाट सुरु भएको  हो।सोही समयमा बिजुली अड्डाको रूपमा स्थापित संस्थामार्फत विद्युत् प्रशासनसम्बन्धी कार्य हुने गर्दथ्यो।विद्युत् उत्पादनको विकास कार्यले सय वर्ष नाघि सक्दा पनि अझै पनि देशका झण्डै ११०० गाविस मा विद्युत सेवा पुग्न सकेको छैन। पछिल्ला दिनमा बिजुली अड्डाको नाम परिवर्तन भई नेपाल विद्युत कपोर्रेशनको नामबाट कार्य अगाडि बढ्यो।

विद्युत उत्पादन प्रसारण र वितरणलाई सक्षम भरपदो र सर्वसुलभ गरि विद्युत् आपूर्र्तिको समुचित व्यवस्था गर्ने स्थापनाकालीन उद्देश्य लिएर ने.वि.कपोर्रेशनको नाम समेत परिवर्तन भयो। हाल प्रचलनमा रहेको संस्थान नेपाल विद्युत प्राधिकरण ऐन २०४१ अन्तर्गत रहि वि.सं २०४२ साल भाद्र १ गते स्थापना भएको जनउपयोगी वर्गको सार्वजनिक संस्थान हो।यो कहिले नाफा त कहिले घाटा सहेर पनि अनन्त रूपमा सेवा प्रवाह गर्ने फराकिलो सोच राखेको छ। उद्देश्य राम्रा र प्रष्ट भए तापनि व्यवहारमा यस संस्थानले अब्बल खालको व्यवहार देखाउन नसकिरहेको अवस्था छ।

प्रशस्त जल भण्डार भए तापनि उचित र उपयुक्त र व्यवस्थापन एवं नेतृत्वको अभावमा प्राधिकरणको सेवाबाट आम जनताले सोचेजस्तो सुविधा पाउन सकेका छैनन्।कार्यमा प्रभावकारिता हुन नसक्नुले विद्युत प्राधिकरणले कुनै दिन समस्याको रूपमा रहेको लोडसेडिङ अहिले आएर एक विशेष चुनौतीको रूपमा देखा परेको छ।हो प्रशस्त विद्युत उत्पादन गर्नु, प्रत्येक जनताको घर-घरमा अँध्यारोको अनुभूति हुन नपाउनुजस्ता कार्य हुनुपर्ने जनताको चाहना हो।जसलाई विकासको एक हिस्साको रूपमा अध्ययन गर्न सकिन्छ।मानवीय जीवनमा विद्युत शक्ति बहुउपयोगी स्रोतको रूपमा रहेको छ।कुनै पनि बहुउपयोगी श्रोतको उचित व्यवस्थापन र प्रयोग गर्न सक्ने हो भने मुलुकमा अत्यन्त छोटो समयमै विकासका कार्यले छलाङ पार्ने पक्का छ।

मानिसका असीमित आवश्यकताले गर्दा मुलुक आज दर्दनाक अवस्थामा रुमलिरहेको छ।विकसित मुलुकको रूपमा मुलुकले परिचय खोजेको धेरै भइसक्यो।तर ती सबै मुलुकका र मुलुकबासीका आशाहरू दिवा स्वप्ना शिवाय केही हुन सकेनन्।जसबाट आम जनताको खुसीको कुनै कुरा रहेन्।जनताको चाहना आफू खुसी  र सुखी हुनु हो। तर प्रशस्त मात्रामा विद्युत् उत्पादन प्रसारण र वितरण गर्नतर्फ सरोकारवालाहरू मौन वा निस्क्रिय रहँदा सपनारूपी फूलको बगैचामा बनमारा (एक प्रकारको विनासकारी झार) मौलाएको छ।जसले जनतामा उत्साह तप्नुको साटो नैराश्यता पलाएको छ।

हाम्रो देशमा विद्युत उत्पादनमा आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२ हजार मेगावाट उत्पादन क्षमता रहेको छ भने जलस्रोतको दृष्टिकोणले ८३ हजार मेगावाट विद्युत शक्ति उत्पादन गर्न सक्ने क्षमता हरेको छ।अविच्छिन्न उत्तराधिकारवाला एक स्वशाशित यस संस्थाले आफ्नो महिमा र गरिमालाई उच्च बनाउनुपर्नेमा त्यो हुन सकिरहेको छैन। को तथ्याड्ढ अनुसार हाल प्राधिकरणबाट प्रसारित विद्युतमा २६.४३ प्रतिशत विद्युत चुहावटको रूपमा रहेको छ।त्यस्तै ७ अर्ब १९ करोड रुपैयाँ विद्युत घाटा रहेको छ।

कुल २३ लाख २० हजार ४०९ ग्राहक सङ्ख्या रहेको नेपाल विद्युत प्राधिकरणमा हाल ७१८.६२१ मेगावाट मात्र विद्युत शक्ति उत्पादन भइरहेको अवस्था छ।जनशक्तिको हिसाबले हेर्ने हो भने १०५०० भन्दा बढी जनशक्तिको दरबन्दी भए तापनि मात्र ९०१३ कर्मचारी कार्यरत रहेको स्थितिलाई रिपोर्टले देखाएको छ।प्राधिकरणको विद्युत् सेवा ७४ वटा जिल्लामा पुगे तापनि विद्युत भने ७५ वटा जिल्लामा बलेको कुरा जानकारीमा छ।

खाना पकाउन, पानी तान्न, बत्ति बाल्न, हिटर बाल्न, कम्प्युटर लगायतका थुप्रै विद्युतीय शक्तिबाट सञ्चालित सामग्री प्रयोग गर्नमा विद्युत शक्तिको प्रयोग अत्यावश्यक छ।जसबाट आम मानवमा निकैनै सहजता ल्याएको छ।मानवीय जीवनमा रक्तसञ्चारको जस्तै महत्त्व बोकेको विद्युतको हरक्षेत्रको प्रयोगले आम मानवमा नयाँ-नयाँ सृजना र सम्भावनाको खोजीकार्यलाई समेत सहज बनाएको छ।पहिला जलस्रोत मन्त्रालयको  मातहतमा रहेको यस संस्थान पछि २०६६-२-२९ गते उर्जा मन्त्रालयको स्थापना भइ त्यसैको प्रत्यक्ष निगरानीमा सञ्चालित रहेको छ।

राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसकेको यस संस्थानको चौतर्फी विकासको लागि आगामी दिनमा थप सुधारेर लैजानुपर्ने देखिएको छ।जनतामा आशा पनि त्यही हो कि प्रत्येकको घरघरमा बिजुली अन्धकार होइन उज्यालो स्थिति।हो जनतामा पलाएको आशाको दियोलाई जिम्मेवार व्यक्तिले गम्भीरतापूर्वक लिइदिने वातावरण बन्ने हो भने पनि आज घाटामा गएको एवं लोडसेडिङ भएको दर्दनाक प्राधिकरणको घाइते अवस्थामा अपेक्षा गरिएअनुरूप सुधार देखा पर्ने थियो कि – हो राम्रा कार्य गर्नेलाई सम्मान र नराम्रा कार्य गर्ने व्यक्ति वा संस्थालाई कानुनको कठघरामा ल्याई कमजोरीअनुरूपको कारबाही प्रक्रिया थाल्न बिलम्ब गर्नु हुँदैन।

हो मुलुकका प्रशासकहरूले देखाएको आजको सतर्कता भनेको भावी पिंडीहरूको भविष्यप्रतिको सम्पन्नतासँग जोडिएको हुन्छ।जलस्रोततर्फको यस्तो जलिरहेको समस्यालाई जोगाउनु एवं प्रयोगमा ल्याउँदै हामीले प्राकृतिक रूपमै प्राप्त गरेको जलस्रोतको उच्चतम प्रयोगमा ल्याउनु नै बुद्धिमानी र्ठहर्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width