पोखरा । मादी गाउँपालिका ४ स्थित तारकाङ कृषि सहकारी संस्थाको नवौं साधारण सभा तथा चौथो अधिवेशनले बुद्धिसागर सापकोटालाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष पार्वती सापकोटा, सचिव पुण्यप्रसाद सापकोटा, कोषाध्यक्ष रञ्जन सापकोटा चयन भए । सदस्यहरु नवराज पौडेल, कमला सापकोटा, गंगा सापकोटा, कृष्णप्रसाद लामिछने र तीर्थप्रसाद सापकोटा छन् ।
लेखा समितिमा संयोजक भोजराज पोख्रेल, सदस्यहरू चोलादेवी सापकोटा र भोजराज सापकोटा रहेका छन् ।
निर्वाचन मण्डल संयोजक नारायणप्रसाद सापकोटा, सदस्यद्वय विमला रेग्मी सापकोटा र भोजराज सापकोटा रहेको निर्वाचन मण्डलले सर्वसम्मत निर्वाचित गराएको हो ।
साधारण सभा उद्घाटन गर्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले विवादरहित नेतृत्व बनाउन र सहकारीका सिद्धान्तअनुसार सहकारीका गतिविधि अघि बढाउन आग्रह गरे । अहिलेका विभिन्न सहकारीमा विश्वसनीय सञ्चालक समिति नभएका कारण समस्या सिर्जना भएको भन्दै सेयर सदस्य सचेत हुनुपर्नेमा जोड दिए । उनले मादीका वडा नम्बर ६ मा डेढ करोड र १२ मा २ करोड ९२ लाख लागतमा बहुवर्षे योजनाअन्तर्गत चिस्यान केन्द्र बन्न लागको जानकारी दिए । उनले भने, ‘चिस्यान केन्द्र निर्माणको टेन्डर भई सम्झौतासमेत भइसकेको छ, सम्झौता भएको मितिले १८ महिनामा निर्माण सक्नुपर्ने हुन्छ ।’ यस्तै मादी ४ मा यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी १० लाख लागतमा सानो क्षमताको दुग्ध चिस्यान केन्द्र (चिलिङ भ्याट) निर्माण गर्न लागिएको उनले जानकारी दिए । चिस्यान केन्द्र किसानले उत्पादन गरका वस्तु सुरक्षित भण्डारण र बजारसम्म पु¥याउने सहज हुने उनको विश्वास थियो ।
उनले जोखिम कर्जा शून्य रहेको प्रतिवेदन सहकारीले सार्वजनिक गरेकोमा प्रशंसा गरे । मादी गाउँपालिका सहकारी शाखा प्रमुख सुमन चापागाईंले तारकाङ सहकारीका सबै सूचक राम्रो रहेको कृषि उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटा, मादी ४ का संस्थापक अध्यक्ष सत्यराज सापकोटा, संस्थापक अध्यक्ष बुद्धिसागर सापकोटा, साना किसान सहकारी थुमाकोडाँडाका अध्यक्ष भोजराज सापकोटा, सेयर सदस्य गोपाल
सापकोटा, नारायणप्रसाद सापकोटालगायतले बोलेका थिए ।
यसैबीच एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल सेयर सदस्यका छोराछोरीमध्येबाट प्रसिद्ध सापकोटा सम्मानित भए ।
संस्थाका अध्यक्ष श्रीकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बलराम सापकोटाले सञ्चालन र उपाध्यक्ष लक्ष्मीदेवी सापकोटाले स्वागत गरे ।
सहकारीको सेयर पुँजी ६१ लाख ९० हजार रहेको छ भने १ सय २४ सेयर सदस्य रहेका छन् । सहकारीको ऋण लगानी ८४ लाख ७६ हजार रहेको छ ।
Related News
सम्बन्धित समाचार
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१