पोखरामा महिला तथा बालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने ३ पक्राउ

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
arrested

पोखरा। महिला तथा बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको अभियोगमा कास्की प्रहरीले ३ जना युवकलाई पक्राउ गरेको छ ।

पोखरा ८, जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले २ महिला तथा १ बालिकालाई शौनशोषण कार्यमा संलग्न गराउन बाहिर लैजान अवस्थामा कास्की प्रहरीले २ दिनअघि उनीहरुको उद्धार गरेको थियो । घटनाको अनुसन्धानक्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भनै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको सूचना आधारमा प्रहरीले होटलमा छापा मारेको डिएसपी बिकले बताए ।

बिहीबार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width