पोखरा । वर्षमा १० दिन जोत्न ३६५ दिनै गोरु पाल्नुपर्ने नेपाली कृषकको अझै पनि बाध्यता छ । कृषि औजार नाममा हलो, जूवा, कुटो, कोदालो र हँसिया छ । सिंचाइ छैन । लगानी गर्ने पैसा छैन । उन्नत बिउबिजन छैन । मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन् । बजार छैन । जसले गर्दा धेरै समयमा थोरै प्रतिफल मिलेको छ । यान्त्रिकरणमा ध्यान नदिंदा देशले कृषिमा गरेको लगानी अनुसार समृद्धि हासिल गर्न सकेको छैन ।
कृषिमा आधुनिकीकरण नहुँदासम्म यो क्षेत्रको विकास हुँदैन भन्ने पनि आमकृषक जानकार छन् । यान्त्रिकरणको प्रयोग कृषि कर्ममा सहज बनाएको उनीहरुले सामाजिक सञ्जालमा देखेका पनि छन् । तर, नेपालभित्र ती आधुनिक कृषि सामग्री कहाँ किन्ने, कसरी चलाउने, किन किन्ने भन्नेबारे कमैलाई थाहा छ । उनीहरुलाई लक्षित गरी यान्त्रिकरणबारे जानकारी दिन शुक्रबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० सुरु भएको छ ।
गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । ‘कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूलनाराका साथ आयोजित प्रदर्शनी ३ दिनसम्म चल्नेछ ।
प्रदर्शनीको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा कृषिलाई प्राथमिकता दिने बताए । ‘गण्डकी प्रदेशले पहिलो पञ्चवर्षीय योजनामा ऊर्जालाई पहिलो प्राथमिकतामा राखेर पर्यटनपछि बल्ल तेस्रोमा कृषिलाई राखेको रहेछ,’ उनले भने, ‘तर, हामीले दोस्रो पञ्चवर्षीय योजनामा विशेष कार्यक्रम राखेर कृषिलाई प्राथमिकतामा राखेर निर्माण गर्दैछौं ।’ कृषिको क्षेत्रमा उत्पादन, बजारीकरण, भण्डारण र कृषकलाई कसरी बचाइराख्न विशेष कार्यक्रम ल्याउने उनको भनाइ थियो ।
यान्त्रिकरणका नाममा व्यवसायीले फाइदामात्र हेर्न नहुने उनले बताए । भूगोल अनुसार यान्त्रिकरण प्रयोग गर्न मन्त्री जिसीले सुझाव दिए । ‘व्यापारीहरुको काम निश्चित फाइदा लिएर यान्त्रिकरण बेच्ने मात्र होइन । तपाई मेसिनमा अलिकति समस्या आयो भने यत्तिकै रहन्छ,’ उनले भने, ‘बेचिसकेपछि त्यसको सर्भिसिङ, पार्टस्बारे पनि सोच्नुपर्छ ।’ कृषिको उत्पादकत्व, भण्डारण र बजारीकरणमा अब पनि ध्यान नदिने हो भने कृषिको क्षेत्र ठूलो समस्या देखा पर्ने उनको भनाइ थियो । सरकारले गरेको लगानी आधारमा प्रतिफल पाउन नसकेको उनको भनाइ थियो ।
वर्षमा १० दिन जोत्न ३६५ दिनै गोरु पाल्नुपर्ने नेपाली कृषकको अझै पनि बाध्यता छ
कृषि औजार, उपकरण, यन्त्र तथा सेवाबारे जानकारी दिँदै उत्पादक र उपभोक्तालाई एकै ठाउँमा जोड्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको पोखरा महानगर कृषि तथा पशु विकास शाखा प्रमुख मनहर कडरियाले बताए । प्रदर्शनी अवसरमा पोखरा महानगरले किसानलाई करिब ८५ लाख रुपैयाँ बराबरको अनुदान व्यवस्था पनि गरेको छ । प्रदर्शनीमा राखिएका कृषियन्त्र खरिद गर्दा किसानले ५० प्रतिशतसम्म अनुदान पाउने छन् ।
कृषि यान्त्रिकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गरी लगानीको अवसर सिर्जना गर्न प्रदर्शनी फलदायी हुने कडरियाले बताए । कृषिका नयाँ प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञसँगै कृषकबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
एकैथलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाबारे जानकारी गराउन प्रदर्शनी फलदायी हुुने कृषि निर्देशक बासु रेग्मीले बताए । प्रदर्शनीले नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारीसँगै कृषि यान्त्रिकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउन सहयोग पुग्ने उनको भनाइ थियो । प्रदर्शनीमा १० भन्दा बढी मुलुकका १ हजारभन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए । यहाँ ४० जिल्लाका करिब ३० हजारले अवलोकन गर्ने उनको भनाइ थियो ।
प्रदर्शनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रिकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी÷सेमिनार, रैथानेबालीको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल÷अन्तक्र्रिया हुनेछ ।
प्रदर्शनीमा केही स्टलमा रैथाने बालीको पनि स्टल राखिएको छ । ती स्टलमा कास्कीसहित म्याग्दी, तनहुँ लगायत जिल्लाबाट रैथाने बालीको बिउ प्रदर्शन गरिएको छ । जहाँबाट बिउ खरिद बिक्रीको पनि सुविधा दिइएको छ ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१