शिवशक्ति क्याम्पसका विद्यार्थी र्‍याफ्टिङमा रमाए

आदर्श समाज सम्वाददाता
पौष १८, २०८०
396f4180-dedd-4cbb-a874-274945dd7542

पोखरा । शिवशक्ति क्याम्पस, पोखराको तीनदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ । कास्कीहुँदै स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देहीका विभिन्न धार्मिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थलहरुको भ्रमण गरिएको हो ।

१० शिक्षक र २६ विद्यार्थी सम्मिलित टोलीले स्याङ्जाको मिर्मी, सेतीवेणिको शिला, रिडीको तीनमुखे पुल अवलोकन गरी अर्घाखाँचीस्थित धार्मिक महत्वको सुपादेउराली मन्दिर दर्शन गरेको थियो । साथै गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरी, बुटवलहुँदै पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार, रानीमहल, स्याङ्जाको आलमदेवीलगायत स्थलको भ्रमण गरेको क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले बताए । कालीगण्डकी र्‍याफ्टिङमा विद्यार्थी औधी रमाएको क्याम्पसका लेखा प्रमुख नवराज बास्तोलाले बताए । यसखालको ऐतिहासिक, सांस्कृतिक अवलोकन तथा शैक्षिक भ्रमणले विद्यार्थीलाई पाठ्यक्रमसँगै अन्य विषयबस्तुबारे जान्ने मौका मिल्ने क्याम्पस प्रमुख रेग्मीले बताए ।

पोखरा ११, फूलबारीस्थित शिवशक्ति क्याम्पसमा स्नातक तहमा बिबिएस र बिएड संकायमा पढाइ हुन्छ । २०५० सालमा शिक्षा महाविद्यालय नामबाट शिक्षाशास्त्र सञ्चालन हुँदै आएकोमा २०७० सालमा व्यवस्थापन संकाय थप हुँदै शिव शक्ति पब्लिक कलेजको रुपमा चिनिन थालेको हो ।

Related News

सम्बन्धित समाचार

  • मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    म्याग्दी ।  राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • छुट प्रदान गर्ने सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । दीर्घायु पोखरा हस्पिटल प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा…
  • ‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । लेकसाइडस्थित एके टुर्स एन्ड ट्राभल्समा गत २० वैशाखमा फोन आयो । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्ने एक अपरिचित…
  • सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ ।…

hero news full width