लेखनाथ । लेखनाथ साहित्य पुरस्कारबाट शताब्दी काव्यपुरुष गोपाल वैद्य किञ्जल्क सम्मानित भएका छन् ।
कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्ती अवसरमा आइतबार पोखराको भैरवटोलस्थित किञ्जल्ककै निवासमा पुगेर सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनलाई पुरस्कारस्वरुप ५० हजार रुपैयाँ र सम्मानपत्र अर्पण गरे ।
लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित उक्त पुरस्कार कविशिरोमणि पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारले स्थापना गरेको हो । प्युठानमा जन्मेर बागलुङमा केही समय बिताएका १०३ वर्षीय किञ्जल्कको कर्मभूमि पोखरा हो । उनी नेपाली र संस्कृत भाषामा सिद्धहस्त मानिन्छन् ।
पुरस्कार अर्पण गर्दै महानगर प्रमुख आचार्यले नेपाली र संस्कृत दुवै साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा गर्वको महसुस भएको बताए । सरुभक्तले नेपालीमै छन्द मिलाउन गाह्रो हुनेमा किञ्जल्कले संस्कृतमै छन्द मिलाउन सक्ने खुबी रहेको भन्दै प्रशंसा गरे ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका तर्फबाट रामगोपाल ढेवाजु, पुरस्कार संस्थापकतर्फबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराई (लेखनाथका कान्छी छोरीतर्फका छोरा) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कविशिरोमणिको १४० औं जन्मजयन्तीमा साहित्यकार भागीरथि श्रेष्ठ र पत्रकार दीपक परियार पनि पुरस्कृत
कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, प्राडा कुशुमाकर न्यौपाने, शशि पौड्याल र डा. प्रतिभा पाण्डे, डा. जगन्नाथ रेग्मीलगायतको उपस्थिति थियो । किञ्जल्कको स्वास्थ्य प्रतिकूलताका कारण बिहान उनको निवासमै पुगेर सो कार्यक्रम गरिएको हो ।
दिउँसो कविशिरोमणिको जन्मस्थल अर्चलेमा आयोजित समारोहमा विभिन्न पुरस्कार वितरण गरियो । कुन्तीदेवी साहित्य पुरस्कारबाट भागिरथि श्रेष्ठ सम्मानित भइन् । लेखनाथ पौड्यालका परिवारबाट स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराम ढकालले सम्मानित स्रष्टा भागिरथि श्रेष्ठको जीवनी र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारे ।
सो अवसरमा लेखनाथ सांस्कृतिक पुरस्कार लोकसांस्कृतिक संरक्षण समिति पोखरा–२६ लाई प्रदान गरिएको छ । प्रतिष्ठान अध्यक्ष ढकालले आफ्नो बाबुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका थिए । उक्त पुरस्कारको राशि २५ हजार छ । उनकै आमाको नाममा स्थापित मधुमाया ढकाल शिक्षा पुरस्कार जनज्योति माविको एसइईमा सर्वोत्कृष्ट हुने छात्रा स्मृति विकलाई प्रदान गरिएको छ । पुरस्कार राशि १० हजार छ ।
समारोहमा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरिएको प्रतिष्ठान अध्यक्ष ढकालले बताए ।
प्रतिभा छनोटका लागि कृष्णप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । सदस्यमा डा. शुक्रराज अधिकारी, डा. प्रतिभा पाण्डे र कृष्णप्रसाद बास्तोला थिए ।
यसैबीच, लेखनाथ पत्रकारिता पुरस्कारबाट कान्तिपुरका लागि पोखरा संवाददाता दीपक परियार सम्मानित भए । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । पुरस्कार प्रदान गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गरे ।
कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषवल्लभ पौडेल, लेखनाथ पत्रकार मञ्च अध्यक्ष कविराज खनाल, लेखनाथ उद्योग वाण्ज्यि संघ अध्यक्ष विनोद श्रेष्ठ, लेखनाथ पत्रकार मञ्च सचिव विष्णुहरि पौडेल, लायन्स क्लब अफ लेखनाथ अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटालगायतले बोलेका थिए ।
लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको समारोहमा पोखरा वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वागत र लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१