भूमि आविमा गोमा फाउन्डेसनको सहयोग

आदर्श समाज सम्वाददाता
पौष १३, २०८०
goma foundation

पोखरा । गोमा फाउन्डेसन कास्कीले अन्नपूर्ण गाउँपालिका ९, सुदामेस्थित भूमि आधारभूत विद्यालयमा स्टेसनरी तथा टोपी सहयोग गरेको छ ।

फाउन्डेसन अध्यक्ष गोमा पराजुलीले ६५ जना विद्यार्थीलाई शुक्रबार विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरिएको बताइन् । कपी, कलम, सिसा कलम, बिस्कुट र टोपी प्रदान गरिएको हो ।

पराजुलीले आफ्नै आत्मकथा ‘भीरको बाटोे’ बिक्रीबाट आएको रकमबाट ती सामग्री किनेर वितरण गरिएको पराजुलीले बताइन् ।

विद्यालयका प्रअ तेजप्रसाद शर्माले फाउन्डेसनले विद्यालयलाई सम्झेर सहयोग गरेकामा धन्यवाद् व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width