सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानको रक्तदान

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
blood

पोखरा । सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।

मानवअधिकारचोकमा आयोजित कार्यक्रमको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रक्तदान गर्दै कार्यक्रम उद्घाटन गरे । उनले तमुहरुको महान पर्व, नयाँ वर्ष तमु ल्होसार आगमन अवसरमा पहिलो पटक सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको कार्र्यक्रम अत्यन्तै सफल भएको र आगामी वर्षदेखि निरन्तरता दिन आग्रह गरे ।

उनले नेपालका लागि वीरगति प्राप्त पुर्खाहरुको स्मृतिमा स्थापित संस्थाद्वारा आयोजित कार्यक्रममा रक्तदान गरी मानवीय सेवा पु¥याएकोमा सबैलाई धन्यवाद दिए ।

प्रतिष्ठान अध्यक्ष अनरेरी क्याप्टेन धर्मध्वज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नाथु प्रल्हाद रिभानचौर ङेह«ो पैगीलामा परिवारका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङले स्वागत र प्रतिष्ठानकी सचिव हरिमाया गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी कास्की रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width