पोखरा। नवौं राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निस्सिम थापाको नाममा स्थापित सोसिओलोजी अवार्ड तथा प्याराग्लाइडिङ अवार्ड अर्पण गरिएको छ ।
निस्सिम थापा फाउन्डेसनले आइतबार पोखरामा आयोजना गरेको पहिलो साधारण सभामा उक्त अवार्ड वितरण गरिएको हो । निस्सिम थापा सोसिओेलोजी अवार्ड २०८० बाट पृथ्वीनारायण क्याम्पस समाजशास्त्र संकायतर्फकी एमएकी विद्यार्थी शुशीला शर्मालाई सम्मानपत्र तथा १५ हजार रुपैयाँ प्रदान गरिएको हो । उनले यस वर्षको अन्तिम परिक्षामा एमए समाजशास्त्रतर्फ उत्कृष्ट नतिजा प्राप्त गरेकी थिइन् ।
प्याराग्लाइडिङतर्फ देश विदेशका विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्टता प्रदर्शन गरेका प्याराग्लाइडिङ पाइलट अमन थापालाई सम्मानपत्र तथा २० हजार रुपैयाँ नगद प्रदान गरेको छ । उनले हालैमात्र भारतको नर्र्वानामा सम्पन्न प्याराग्लाइडिङ सोलो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् ।
कार्यक्रममा एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले आफूले निस्सिम थापालाई सानै अवस्थाबाट चिनेको र उनको दुर्घटनाको खबर सुने पश्चात आफू निकै मर्माहत भएको बताए । उनले एसओएस बालग्राममा निकै लामो समय सम्म काम गरेको तथा निस्सिम थापा फाउन्डेसनले स्थापना पश्चात् छोटो समयमा गरेका कार्यहरु अत्यन्त प्रशंसनीय रहेको उनको भनाइ थियो । उनले फाउन्डेसनको काम आफ्नो संस्था एसओएसको जस्तै प्रकृतिको भएकोले फाउन्डेसनलाई सक्ने किसिमको सहयोग गर्ने तथा आफूले पनि फाउन्डेसनको आजीवन सदस्यता लिने बताए ।
संस्थाका अध्यक्ष प्रकाश थापाले निस्सिम थापा फाउन्डेसनले सम्पूर्ण प्याराग्लाइडिङ पाइटहरुको सुरक्षा मापदण्डहरु, जीवनबिमा, कानुनको पालनाका लागि फाउन्डेसन सदैव लागिरहने बताए । सरोकारवाला पक्षहरुको जवाफदेहिताको लागि आवश्यकीय एवम कानूनसम्मत पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले शिक्षा क्षेत्रमा अनुसन्धानात्मक एवं सिर्जनशीलताको क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विद्यार्र्थीहरुलाई साथै प्याराग्लाइडिङ विधामा उत्कृष्ट योगदान गरी नेपालको नाम विश्व जगतमा चिनाउन योगदान पु¬¥याउने पाइलटहरुलाई सम्मान तथा अवार्डहरु प्रदान गर्ने जानकारी दिए ।
फाउन्डेसनकी उपाध्यक्ष सावित्री थापा मोक्तानले आफूहरुले निस्सिमको न्यायको लागि लागि पर्ने बताइन् । प्याराग्लाइडिङ क्षेत्रका सरोकारवाला निकायहरुले हरेक राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दा कानुनको परिपालना गर्नुपर्ने उनको भनाइ थियो । उडानका समयमा मैदानहरुको स्थलगत निरिक्षण गर्नुपर्ने, पाइलटहरुको सोलो इन्सुरेन्स गराउनुपर्ने, नागरिक उड्डयन प्राधिकरणको अनुमति लिनुपर्ने बताएकी थिइन् ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१