घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को टिजर सार्वजनिक

आदर्श समाज सम्वाददाता
पौष ३, २०८०
Chitra_35ig9aro8k_6tq0lpyabrmmpwhvhepx7ujmgcvvpo88rvltj7g78ylaax6jeagg9c5u0nau_v9EvPYZroY_cztzvghklzhxxalirhugjhpvl0mz6mvy26hcbsnvszspaqjhyh7exokauccq

पोखरा । पोखराका घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को टिजर सार्वजनिक गरिएको छ । यो फिल्म यही २७ पुसमा रिलिज हुँदैछ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ ।टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई देखाइएको छ । चलचित्रमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रका निर्माता आशीष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण तयार भएको चलचित्रमा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ ।

यसअघि फिल्मको ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width