पोखरा । १९ औं संस्करणको लेखनाथ महोत्सव पूर्वसन्ध्यामा कविता वाचन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्यालका कविताको सान्दर्भिकता र महत्व विषयमा कविहरुले कविता वाचन गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष पं भागवत्भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्वारा रचित कविताको अति महत्व रहेको बताउँदै कतिपय कुरालाई व्यवहारमा लागु गर्न सके जीवन सार्थक हुने जनाए ।
कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्राडा जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए । सहभागीमध्ये रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविता वाचन गरे ।
संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले कविशिरोमणि लेखनाथको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष साहित्य विशेष कार्यक्रम गर्ने गरिएकोमा यसपालि पनि निरन्तरता दिइएको बताए । संघ अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक कार्यक्रम संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् । लेखनाथ
महोत्सव यही पुस ५ देखि १६ गतेसम्म हुँदैछ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१