पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण उपभोक्ताहरूको रुचि विद्युतीय सवारी साधनतर्फ मोडिएको हो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताउँछन् । औद्योगिक व्यापार मेलामा जाने हो भने उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरू हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीले गाडी र मोटरसाइकल अनि स्कुटरहरूको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको मेलामा प्रदर्शनमा राखिएका अधिकांश सवारी साधनहरू विद्युतीय (इभी) रहेका छन् ।
राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत अटो मेलाको चाँजोपाँजो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) ले मिलाएको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार पोखरामा भएको अटो प्रदर्शन काठमाडौंपछिको सबैभन्दा बृहत् हो ।
योपटक भने उपभोक्ताको बदलिँदो स्वभावलाई ध्यानमा राख्दै विद्युतीय (इभी) को प्रदर्शनी र प्रवद्र्धन भएको उनले बताए । प्रदर्शनीमा राखिएका विद्युतीय सवारी साधनप्रति सहभागीहरूले चासो राख्ने गरेको र व्यापार पनि राम्रै भएको व्यवसायी प्रदीप पहारीको भनाइ छ । माग र उपयोग बढ्दो भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०÷०९१ को असोज मसान्तसम्म २ हजार १ सय ३५ वटा विद्युतीय सवारी साधन आयात गरिएको थियो ।
मेलामा दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रालिले मोरिस ग्यारेज (एमजी) का गाडीहरू प्रदर्शन र बिक्रीमा राखेको छ । एमजीको जेडएस इभी (डिलक्स), कमेट एमजी फोर अर्थात् सानो गाडी प्रदर्शनमा राखिएको दीपलक्ष्मीकी मेनुका गुरुङले बताइन् । कमेटको मूल्य १७ लाख ९९ हजार र एमजीको जेडएस डिलक्सको मूल्य ५२ लाख ९९ हजार अनि एमजी फोरको ५८ लाख ९९ हजार रुपैयाँ रहेको उनले जानकारी दिइन् ।
यस्तै विश्वकर्मा अटो मोटर्सले मेलामा नेटा र किङलङ ब्राण्डका इभीहरू प्रदर्शनमा राखेको छ भने टेनिसा मोटर्सले ओरा, प्लग इनले बीवाइडीका गाडीहरूको प्रवद्र्धन गरिरहेको छ । हुण्डाइले पनि इभीलाई प्रवद्र्धन गरिरहेको छ भने थापा मोटर्सले सेरेस ३, बतास ब्रदर्सले महिन्द्रा,चालिसे मोटर्सले सुजुकीका इभी स्कुटर प्रदर्शनमा राखेका छन् । मेलामा कुसा क्यू, इसुजुको हाइल्यान्डर, अटोवेज प्रालिको ल्यान्डक्रुजर र कोरलाको पनि प्रवद्र्धन गरिएको छ । सेल्टोस, वारियर,सेग्वेहरूले पनि नयाँ उत्पादनको प्रवद्र्धन गरिरहेको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१