पोखरा । नेपाली रक ब्यान्ड १९७४ एडी ब्यान्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । २३ मंसिरमा प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा ब्यान्डले लाइभ कन्सर्टमार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै व्याण्डले चिसो माहोल गर्माउने तयारीमा छ ।
पोखराका १९७४ एडीका फ्यान उत्साहित छन् । व्यान्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङ्देन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् ।
यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो । व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याज लगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्दै आएको छ ।
व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत मानिन्छ ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार रहेको बार म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ति स्तुप, रानीवनको दृश्य हेर्न सकिने बताए । म्युजिकसँगै खानामा रमाउन सकिने पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१