पोखरा । गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशूली नदी किनारमा मृत फेला परेका छन् । उनको मृत्यु के कति कारणले भयो भन्ने खुल्न सकेको छैन ।
२ दिनदेखि सम्पर्कविहीन उनी पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा आइतबार राति ९ बजे मृत फेला परेका हुन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले शव ढकालकै भएको पुष्टी गरे ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अभय लामाले पनि कृष्णभीरमा अन्दाजी ३५/४० वर्षका एक पुरुषको शव फेला परेको बताए । उनी भन्छन्, ‘राति भएको र आफन्त नआइसकेकोले सनाखत हुन बाँकी छ ।’
वारदातस्थलअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले शव भेटिएको स्थान निकै अप्ठेरो रहेको बताउँछन् । छिमेकी गोरखा जिल्लातिरबाट त्रिशूलीमा डुंगा चढेरमात्र आउन सकिने उनले बताए । ‘राति भएकोले शवको फोटोमात्र खिचिएको छ । यसअघि पनि तीन–चार जना हराएको सूचना छ। तर फोटोको आधारमा केहीले पुष्टी गरे पनि परिवार तथा आफन्तले सनाखत नगरेसम्म भन्न मिल्दैन,’ उनी भन्छन् ।
स्याङ्जाका गायक रिजालले रहस्यमय ढंगले ढकालको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । ‘आफूलाई २ दिनअघि फोन गरेर पोखरा आउँदैछु, कोठा खोजिदिन भनेका प्रिय मान्छेको निधनले निकै दुखी छु,’ रिजालले भने । रिजालका अनुसार ढकाल निकै स्पष्टवक्ता तथा मिलनसार थिए ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा ७, साखर घर भएका ढकाल केही समय दुवई पनि बसेका थिए । पछिल्लो समय हेर्ने कुरा डटकममा आबद्ध उनी नेपाली कांग्रेसनिकट थिए । केही म्यूजिक भिडियोमा उनले अभिनय गरेका छन्।
सामाजिक सञ्जालमा ढकालको निधनप्रति हार्दिक श्रञ्द्धाजलीको बाढी छ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१