पोखरा । पोखरा । पोखरा महानगरपालिका २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीका कारण ३० लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । पाँच कोठे भवन जलेर नष्ट भएको दृष्टिविहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
दृष्टिविहीन र अपाङ्गता भएकाहरू सहित ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगायतका सामग्रीहरू जलेर नष्ट भएका हुन् । विक्रीका लागि तयारी अवस्थामा रहेको उत्पादन ३४ लाखको क्षति भएको हो ।
तिहारमा उनीहरुले विक्री गरेर आश्रममा राखेको ९ लाख रुपैयाँ पनि जलेको छ । घरको भवनको करिब २५ लाख र खाद्यान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले बताए । घर जलेपछि अपाङ्गता भएकाहरूको बिचल्ली भएको छ ।
गण्डकीका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारले आगलागीस्थलमा पुगेर पीडितलाई सहानुभूति दिएका छन् । उनले भनेका छन्, पोखरा-२९ घोतघोतेमा बुधबार रातl एक घरमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षतl भएको छ । नेत्रहीन परिवारले देउसी र आफैले बनाएका सामान बेचेर जम्मा गर्नुभएको नगद र घर भित्र रहेका सामान जलेर नष्ट भएका छन् । आज उहाँहरुको घरसम्म पुगेर मल्हम लगाउने प्रयास गरेको छु । र उहाँहरुको परिवारलाई आवश्यक सहयोगका लागि पहल पनि रहने नै छ । उहाँहरुको दैनीक जीविका चलाउन सक्ने बनाउन सबैले हातेमालो गरौं ।
Related News
सम्बन्धित समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
hero news full width
मुख्य समाचार
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१