गुरुङ चलचित्र ‘सैंर्वे ट’ को प्रिमियर

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०८०
SaiRbai Ta Photo (2)

पोखरा । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित गुरुङ चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) प्रिमियर शो हुने भएको छ । आगामी मंसिर ९ गते पोखराको सिने प्लेक्समा प्रिमियर शो हुने भएको हो ।

माओत्से गुरुङ फिल्मस्को सहकार्यमा उचाइ स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रमा नायक विश्वात्मा गुरुङ र नायिका कृष्टि गुरुङको मुख्य अभिनय छ । यस्तै गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका छ ।

निर्मातासमेत रहेकी निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको छ । पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको छ ।

निर्देशक गुरुङले फिल्ममा प्राविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको दाबी गरिन् । सञ्चारकर्मीसमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाइला) को पनि निर्देशन गरेकी थिइन् ।

सैंर्वे टको सम्पादन दीपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङको हो।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width