नेपालगन्ज । बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्ति रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले निजलाई आज अपराह्न पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो ।
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो । रासस
Related News
सम्बन्धित समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
hero news full width
मुख्य समाचार
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१