काठमाडौं । उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो ।
इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन तीन विकेट लिए । त्यस्तै हेमन्त धामी र आकाश चन्दले समान दुई दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै तीनसय ५३ रनको योगफल बनाएको थियो । नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए ।
तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । त्यस्तै दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए । देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए ।
यसैगरी दीपेश कंँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे । इरानका दद्रहमान राइसीले र सलमान निज्मान्दले समान तीन तीन विकेट लिए भने शेखी र जियाद राइसीले समान दुई दुई विकेट लिएका थिए । अब नेपालले दोस्रो खेल यही असोज २८ गते बहराइनसँग खेल्नेछ
प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । सो प्रतियोगितालाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । त्यसैगरी समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् । रासस
–––
Related News
सम्बन्धित समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१