हेम्जाको सानोपाटनमा नेत्रेश्वर मन्दिर

आदर्श समाज सम्वाददाता
असाेज २४, २०८०
hemja temple

पोखरा । हेम्जाको सानोपाटनमा नेत्रेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिरको प्राणप्रतिष्ठा असोज २९ मा विन्ध्यवासिनी पिठाधीश १००८ स्वामी निशेषानन्द स्वामी महाराजले गर्ने तयारी भइरहेको प्रचार संयोजक निर्मल कार्कीले बताए ।

गण्डकी प्रदेश सरकारको १५ लाख र स्थानीयस्तरबाट २५ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको हो । २०७९ मंसिरमा निर्माण सुरु भएको मन्दिर सोही वर्षको चैतमा तयार भएको थियो । उद्घाटन तथा प्राणप्रतिष्ठाका अवसरमा आमा समूह, टोल विकास संस्था, विभिन्न क्लब, भजन समूहको उपस्थिति रहनेछ । धार्मिक आस्थाका साथै पर्यटकीय दृष्टिबाटसमेत नेत्रेश्वर महादेव मन्दिरको महत्वर रहेको प्रचार संयोजक कार्कीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width