मनकामना केबलकार २ दिन बन्द रहने

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८०
Manakamanacablecar_20201210095054

पोखरा । मनकामना केबलकार २ दिन बन्द हुने भएको छ ।

असोज १७ गते बुधबार र १८ गते बिहीबारका दिन केवलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । ‘नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले २ दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केबलकार सेवा बन्द रहे पनि केवलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालन हुने कम्पनीले जनाएको छ । असोज १९ गते शुक्रबारदेखि केबलकार नियमित सञ्चालनमा आउने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width