पोखरा । तीज अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला भएको छ । मेलामा आमन्त्रित १६ महिला समूहले तीज गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै तीजको परम्परागत भाका हम्काइलोसमेत प्रस्तुत गरे ।
स्थानीय हिमालय क्लबले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो ।
पोखरा १६ र १९ वडाका १६ सहभागी आमा समूहललाई स्वरुप नगद १० हजार र प्रमाणपत्र वितरण गरिएको थियो ।
समूहलाई क्लब अध्यक्ष सुशील बस्नेतसहित वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, निवर्तमान अध्यक्ष मोहन थापा, संयोजक ताराप्रसाद तिमिल्सिना, मानार्थ सदस्य बेनीबहादुर बस्नेत लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
मेलामा लोकदोहोरी कलाकार राजन कार्की र ज्योति लोहनीले दर्शकलाई तीजे भाकामा झुमाएका थिए ।
यसअघि स्थानीय १६ आमा समूहका अध्यक्षसहित वडा सदस्यले संयुक्ररुपमा कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा पूर्व मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापासहित विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यसैबीच, आयोजक हिमालय क्लबले विन्ध्यवासिनी माविलाई सम्मान गरेको छ । शिक्षाको मन्त्रालयको मूल्यांकनमा देशभरमै उत्कृष्ट पहिलो बन्न सफल भई बाटुलेचौर क्षेत्रकै गौरव बढाएकोमा क्लबले सम्मान गरेको हो । क्लब अध्यक्ष सुशील बस्नेतले विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रअ कृष्णप्रसाद आचार्यलाई सम्मानपत्र हस्तानतरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
hero news full width
मुख्य समाचार
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१