स्वामी रमणानन्द अभिनन्दित

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८०
ramanananda

पोखरा । महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीजी महाराजलाई पोखरामा अभिनन्दन गरिएको छ ।

पूर्वीय दर्शन र संस्कृत वाङ्मयलाई समृद्ध बनाउन उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै पुष्करेश्वर शिव मन्दिर मासबार र श्रीराम मन्दिर बिरौटा, पोखराले संयुक्तरुपमा अभिनन्दन गरेका हुन् ।

कार्यक्रमका अध्यक्ष एवं राम मन्दिर सञ्चालक समिति अध्यक्ष लीलाभक्त आचार्यले दोसल्ला र अभिनन्दनपत्र अर्पण गरी स्वामी रमणानन्दलाई सम्मान गरेका थिए । यसैगरी पुष्करेश्वर शिव मन्दिरका सचिव सरोज नारायण बरालले संस्कृत गुरुकुलमा अक्षयकोष स्थापना गर्न भक्तहरुबाट संकलित ७५ हजार ५ सय रुपैयाँ स्वामीलाई हस्तान्तरण गरेका थिए ।

सोही समारोहबीच स्वामी रमणानन्द गिरीले महेश संस्कृत गुरुकुललाई सहयोग पुर्‍याउने विश्व आचार्य, माधव बराल एवं रुक्मिणी बराल र मनहरि पौडेललाई प्रशंसापत्र प्रदान गरे ।

कार्यक्रममा पुष्करेश्वर महादेव मन्दिरका अध्यक्ष पिताम्बर बराल, राम मन्दिरका उपाध्यक्ष रुद्रनाथ बराल, सल्लाहकार महेश पराजुली, आचार्य कपिल सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन राम मन्दिरका सचिव पुण्डरीप्रसाद बरालले गरेका थिए ।

स्मरणरहोस्, स्वामी रमणानन्द गिरीजीबाट पुष्करेश्वर मन्दिरमा भदौ ४ मा नागपञ्चमीबाट र श्रीराम मन्दिरमा भदौ १९ बाट गीता तथा वेदान्त विषयमा प्रवचन भएको थियो । कार्यक्रम बिहीबार समापन भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width