तायामचा नृत्यका विजेतालाई नगद हस्तान्तरण

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०
tayamocha prize

पोखरा । नेवाः खलः कास्कीले तायमचा नृत्य प्रतियोगिताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । गाईजात्रा अवसरमा नेवाः खलः कास्कीको आह्वानमा गत १६ भदौमा रानीपौवा तायामचा नाच समिति संयोजनमा सो प्रतियोगिता भएको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम तेर्सापट्टि तायामचा समितिले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

दोस्रो नयाँबजार सांस्कृतिक समितिले २ लाख तथा तेस्रो भीमसेनटोल तायामचा नाच समितिले १ लाख प्राप्त गरेको छ । मोहरिया सिंहनाथ टोल तायामचा समिति सान्त्वना हुँदै ३० हजार प्राप्त ग¥यो ।

महिलातर्फ प्रथम बागबजारले ४० हजार, दोस्रो लामाचौर नेवाः खलः ले २० हजार र तेस्रो भण्डारढिक नेवाः खलः ले १० हजार प्राप्त गरेको छ । तेर्सापट्टिका रामकाजी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ र शंकर श्रेष्ठको परिवारबाट पुरस्कारका लागि १० लाख प्रायोजन भएको नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले बताए । सो रकमबाट ८ लाख पुरस्कारमा र २ लाख बाजा खरिद गरेर विभिन्न समितिहरुलाई यसअघि हस्तान्तरण गरिएको उनले बताए ।

कार्यक्रममा भक्तपुर उपमहानगरपालिका उपप्रमुख रजनी जोशी, दानवीर शंकर श्रेष्ठको परिवारलगायतले नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपमेयर जोशीले नेवारी कला, संस्कृति जगेर्र्नामा पोखराले देखाएको सक्रियता सह्रानीय भएको बताइन् ।

वडा ५ अध्यक्ष योगेन्द्र बिजुक्छेले नेवारी कला, संस्कृति र भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी भएको बताए ।

नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले नेवारी भाषा, संस्कार र संस्कृति लोप हुने होकि भन्ने चिन्तालाई हटाउन प्रयास भइरहेको बताए । उनले अब मिस नेवाः कार्यक्रम गरिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width