देश विकासका लागि धेरै कुरा भए । परिवर्तनहरु गरिए । पञ्चायतको साटो प्रजातन्त्र पुनस्र्थापना भयो । राजतन्त्रको सट्टा गणतन्त्रको स्थापना भयो । पञ्चवर्षीय योजनाहरु पनि धेरै फेरियो । नेताहरुले विकासका अनेक आश्वासन दिए । कसैले नेपाललाई स्वीट्जरल्यान्ड बनाउने कुरा गरे भने कसैले सिंगापुरको कुरा ल्याए । समृद्धिको सपना पनि धेरै वितरण गरिए । तैपनि देशको विकास भएन । देश कछुवा गतिले मात्र अघि बढ्दैछ । अरु देशले के–कति उन्नति गरिसके तर हाम्रो अवस्थामा खास परिवर्तन भएन । परिवर्तन नभएकाले जनता धेरै आत्तिसकेका छन् तर नेताहरुले त्यो कुरा नबुझेजस्तो गरी आफ्नै स्वार्थसिद्धिमा छन् । उनीहरुको अवस्था त फेरियो तर सर्वसाधारण जनताको अवस्था फेरिएन । चिन्ता यसैमा हो ।
हामी धेरै वर्ष अल्मलियौ । विकासका लागि प्राथमिकता तोकेर अघि बढ्नुपर्नेमा हामीले त्यो प्राथमिकता नै निर्धारण गर्न सकेनौं । कृषिको कुरा गर्दा कृषिलाई नै प्राथमिकता दिनुपर्ने विचार गरिन्छ भने उद्योगधन्दाको चर्चा गर्दा उद्योगधन्दामै लाग्नु पर्ने अभिमत जाहेर गर्दछौं । जुन विषय अगाडि देखा पर्यो, त्यसकै महत्व बखान गर्नु नेताहरुको काम भएको छ । कतिपय हाम्रा विषयविज्ञहरु र योजनाविद्हरु पनि नेताहरुको नजिक पुग्न नेताहरुलाई मनपर्ने कुरामात्र भन्ने गर्दछन् । देशमा विषयविज्ञहरु पनि विभाजित भएका छन् र राजनीतिको स्वाद चाख्न राजनीतिमा प्रवेश गर्ने गरेका छन् । देशमा हरित क्रान्ति हुनुपर्ने हो, त्यो भएको छैन । औद्योगिक प्रवद्र्धनसमेत भएको छैन । हाम्रा उद्योगधन्दाले अझै बामे सर्दैछ भन्नुपर्ने अवस्था छ । औद्योगिक प्रवद्र्धन गर्नेतिर नेताको ध्यान नै गरिएको छैन ।
सरकारको स्वामित्वमा रहेका उद्योगधन्दा, कलकारखानाहरु छन् । तिनीहरु वर्षौदेखि बन्द छन् तर त्यसलाई के–कसरी सञ्चालन गर्ने भन्नेतिर कुनै सरकारको ध्यान गएको छैन । त्यसले गर्दा देशमा स्थापना गर्ने अनुकूल वातावरण छैन कि भन्ने भ्रम फैलिएको छ । त्यसले गर्दा बाह्य लगानी अपेक्षितरुपले आउन सकेको छैन । हाम्रा मन्त्री, प्रधानमन्त्रीहरुले अनुकूल वातावरण छ भनेर जतिसुकै भने तापनि लगानी भित्रिन सकेको छैन । लगानीको मात्रा घट्दै गएको छ । कुनै बेला लगानी गर्न वचनबद्ध भएकाहरु पनि अहिले आउन हिचकिचाएको स्थिति छ । यी सबै कुरा विचार गरेर सरकारले विकासका लागि प्राथमिकता तोक्नु पर्दछ । र, त्यसै अनुसार महत्व दिएर काम गर्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१