कुँडहर आधारभूत स्कुलमा रोपियो फूलका बिरुवा

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
kudahar plant

पोखरा । ‘शिक्षा शिक्षा शिक्षा’ अभियानको पहलमा फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीको आयोजनामा कुँडहर आधारभूत विद्यालय परिसरमा विभिन्न फूलका बिरूवा राेपिएकाे छ ।

साेमबार प्रमुख अतिथि पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले ब्यानरमा हस्ताक्षर गर्नुका सार्थ वृक्षरोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा विद्यालय परिसरमा विभिन्न प्रकारका २ सय ५० भन्दा बढी बिरुवा रोपिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायत वृक्षरोपणमा सहभागी थिए ।

विद्यालय प्रधानाध्यापक नन्दकिशोर बरालले स्वागत र शिक्षक सोम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीका दिलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता तिमिल्सिना पनि उपस्थित थिइन् ।

फूल रोप्ने क्यारी निर्माणका लागि लोटस ट्रेनिङ इन्स्टिच्युट प्रालि र टास्क फोर्स ट्रेनिङ इन्स्टिच्युट प्रालिले १०/१० हजार सहयोग गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width