पोखरा। एकाएक भाडावृद्धि गरेर आफूहरुलाई बिस्थापित गर्न लागेको भन्दै पोखरा हङकङ बजार व्यवस्थापन समिति लगातार आन्दोलनमा छ । पोखराको पृथ्वीचोकस्थित हङकङ बजार व्यवस्थापनसमितिमा आबद्ध व्यवसायीहरुले शुक्रबार पोखरा महानगरपालिकाको कार्यालयमा घेराउ गरेका छन् । उनीहरुले चर्को नाराबाजी गर्दै बिचौलिया प्रथा अन्त्य हुनुपर्ने माग गरे ।
पृथ्वीचोकदेखि सुरु भएको विरोध प्रदर्शन सभागृहचोक हुँदै न्यूरोडस्थित महानगरपालिका कार्यालय घेराउ गरेको हो । विरोध प्रदर्शनमा करिब ३ सय जना व्यवसायीले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए ।
उनीहरुले ठेकेदारी तथा बिलौलिया प्रथाको अन्त्य गरियोस्, ४ सयभन्दा बढी भाडा वृद्धि गरी गरिएको गोप्य बोलपत्र आह्वान खारेज गरियोस्, २०६९ सालको पोखरा महानगरपालिका कार्यालयको सम्झौता कार्यान्वयन गरियोस्, कृषि सामग्री कम्पनीको जग्गाको उचित भाडादर कायम गरी सिधै कृषि सामग्री कम्पनीले नै उठाउने व्यवस्था होस्, साना व्यवसायीहरुलाई गरीखान देऊ, पोखरा हङकङ बजारको ठेकेदारी प्रथाको अन्त्य गर लगायत नाराबाजी गरेका थिए ।
स्टलमध्ये ९ बाई ९ कोलाई २५ सय, ६ बाई ९ लाई २७ सय मासिक भाडा तिर्दै आएका व्यवसायीलाई अहिले करिब ४ सय प्रतिशतसम्म बढेको भाडा तिर्नुपर्ने बाध्य पारिएको छ । हाल त्यहाँको ७ रोपनीमा २ सय ७० स्टल र नगर योजनाको ३ रोपनीमा करिब ९५ गरी करिब ४ सय पसल सञ्चालित छन् ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१