लेखनाथ । लायन्स क्लब अफ पोखरा गण्डकी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे ले नेपालले सञ्चालन गरेको पढाऊ अभियानअन्तर्गत गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
क्लबले पोखरा ३२ स्थित ब्रह्मरुपा माविमा मंगलबार त्यहाँका ५ जना छात्रालाई जनही ५/५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको लायन्स क्लब डिस्ट्रिक्ट फस्ट लेडी अनिला श्रेष्ठले बताइन् ।
कार्यक्रममा विद्यालय प्रअ जनार्दन सुवेदीले शिक्षक, विद्यार्थी, अभिभावक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था मिलेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गालाल पण्डित, संस्थाका उपाध्यक्ष इन्दिरा पराजुली, शारदा पराजुली, इन्दिरा बराल, पूजन शाक्य, मीना थापा, सीता पाण्डे, तुमला श्रेष्ठ लागायताले कार्यक्रमका बोलेका थिए ।
संस्थाले संस्थाको अक्षयकोषबाट प्राप्त व्याजबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेनदार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको छ । हालसम्म ५० जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको क्लबले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१