लायन्स फेवा वेगनासमा टीका

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
fewa begnas 1

पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३/२४ को अध्यक्षमा टीकाबहादुर लम्साल निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको निर्वाचनमा लम्सालको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको क्लबका संस्थापक अध्यक्ष सन्तोष घिमिरेले जनाए । धादिङका लम्साल पोखरामा बसेर व्यावसायिक क्षेत्रमा क्रियाशील छन् ।

क्लबको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा हेमराज तिवारी, कोषाध्यक्षमा दीपक भण्डारी, सह–सचिवमा महेश सुनार, सहकोषाध्यक्षमा लेखनाथ सुवेदी र मेम्बरसिप चियरपर्सनमा कृष्णप्रसाद आचार्य चयन भए ।

क्लबका लायन वर्ष २०२२/२३ का अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन वर्ष २०२३/२४ का डिस्ट्रिक्ट जिएलटी कोर्डिनेटर सन्तोष घिमिरे, डिस्ट्रिक्ट ब्लड डोनेसन डिर्पाटमेन्ट चिफ जितबहादुर थापा गोपाल, डिस्ट्रिक्ट जिइटी को–कोर्डिनेटर टंकप्रसाद ढकाल, डिस्ट्रिक्ट अफिसर महेश्वर रिमाल, रिजन चियर पर्सन घनश्याम ढुंगाना, जोन चियर पर्सन मोहनराज आचार्य, क्लबका नवनिर्वाचित अध्यक्ष लम्साल, प्रथम उपाध्यक्ष गुरुङले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width