एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
Airhostess Photo

पोखरा । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरहोस्टेस प्रशिक्षण सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीले एयरहोस्टेससहितको क्याबिन क्रुमा तालिम सञ्चालन गरेको हो । एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरहोस्टेसका लागि क्याबिन क्रु र ग्राउन्ड ह्यान्डलिङ कोर्सको तयारी गरिरहेको एकेडेमीका निर्देशक शोभा केसीले बताइन् ।

अन्तर्राष्ट्रिय बजारमा एयरहोस्टेससहितका क्याबिन क्रुको माग भएकाले त्यसलाई मध्यनजर गरी अनुभवी प्रशिक्षकबाट ५ महिने क्याबिन क्रु र ३ महिने ग्राउन्ड ह्यान्डलिङ कोर्सको तयारी कक्षा सञ्चालन गर्न लागेको उनले बताइन् । सन् २०१२ मा स्थापना भएको उक्त एकेडेमीले पोखरामा रही तालिम दिइरहेको छ । एकेडेमीमा प्रशिक्षित प्रशिक्षार्थीहरू राष्ट्रियदेखि अन्तर्राष्ट्रिय एयर कम्पनीहरूमा नाम निकाल्न सफल भएको निर्देशक केसीले जानकारी गराइन् । आफूहरूले तालिमलगायत नेपालका आन्तरिक तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूमा जागिरको लागि समन्वय गर्ने भएको उनले बताइन् ।

एयरहोस्टेस (परिचालिका) बन्नको लागि न्यूनतम १२ उत्तीर्ण गरेको, १८ वर्ष उमेर पुगेको, ५.२ इन्च उचाइ हुनुपर्छ भने पुरुषहरूको हकमा भने ५.६ इन्च उचाइ भएको हुनुपर्ने छ । साथै विमान परिचालिका तथा परिचालकमा पर्याप्त सहनशील, सामान्य ज्ञान र शक्तिको साथ शारीरिक र मानसिक रूपमा तयार हुनुपर्ने निर्देशक केसीले जानकारी दिइन् ।

विमान परिचालिका तथा परिचालकले विमान उडानको क्रममा यात्रुहरूको सुरक्षा र आरामको ठूलो जिम्मेवारी लिन्छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने यो पेसा आकर्षणको रुपमा रहेको निर्देशक केसीले बताइन् । सामान्यतया आन्तरिक हवाई उडानमा न्यूनतम ५० हजारदेखि १ लाख ५० हजारसम्म कमाइ हुन्छ । अन्तर्राष्ट्रिय हवाई उडानमा परिचालिका तथा परिचालककले साढे २ लाखदेखि ४ लाखसम्म कमाउन सक्ने केसीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width