पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकसँग विद्यालय प्रशासन तथा शिक्षकहरूबीच अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
अभिभावकहरूलाई श्रव्यदृश्य माध्यममार्फत् प्रधानाध्यापक प्रेमराज अधिकारीले विद्यार्थी, शिक्षक र अभिभावकको भूमिकाबारे प्रष्ट पारे । विद्यालय अघि बढ्न त्रिपक्षीय योगदान रहने भन्दै उनले विद्यार्थी, अभिभावक र विद्यालय सँगसँगै हातेमालो गरी अघि बढ्न भेटघाट र अन्तक्र्रियाले महवपूर्ण योगदान पु¥याउने भएकाले अभिभावक भेला आयोजना गरिएको स्पष्ट पारे ।
प्रअ अधिकारीले समयसापेक्ष अघि बढ्न नसके आफैं पछि परिने भन्दै समयको गति पछ्याउन सक्नुपर्नेमा जोड दिए । उनले विज्ञान र प्रविधिका आविष्कार उपयोग नगरीकन काम गर्न असम्भव भएकाले प्रविधिको सदुपयोगमा अभिभावक, शिक्षक र विद्यार्थी सजग रहनुपर्ने उनको धारणा थियो ।
भेलामा सहभागी अभिभावकले आफ्ना गुनासा तथा रचनात्मक सुझाव प्रस्तुत गरेका थिए । अभिभावले उठाएका सबालका जवाफ विद्यालय प्रशासन तथा शिक्षकहरूले दिएका थिए । उनीहरूले अभिभावक भेला भनिए पनि कार्यक्रम ज्ञानमूलक प्रशिक्षण भएको धारणा राखे ।
भेलामा विद्यालयका प्रशासक भूमिराज अधिकारीले सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१