रेडियो हेमजा ११ औं वर्षमा

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८०
radio hemja

हेमजा । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ११ औं वर्षमा प्रवेश गरेको छ ।

ग्रामीण भेगका आमनागरिक समक्ष सञ्चारको माध्यमबाट सुसूचित गराउने उद्देश्यका साथ स्थापित रेडियोले कास्कीको पोखरा, माछापुच्छ«े, रुपा, अन्नपूर्ण तथा मादी गाउँपालिका लगायत गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका नागरिक समक्ष सञ्चारको पहुँच पुर्‍याएको छ ।

रेडियोले महिला, दलित, बालबालिका तथा पिछडिएका वर्गलाई कार्यक्रममा समेट्ने गरेको जनाएको छ साथै कृषि, पर्यटन, वातावरण लगायतका विषयलाई प्राथमिकता दिँदै कार्यक्रम प्रसारण गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width