बालोदयमा विद्यार्थीको चुनाव

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८०
balodaya 3

पोखरा । बालोदय मावि, बिरौटामा विभिन्न पदको चुनाव भएको छ । जनियर रेडक्रस सर्कल बालोदय, बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा प्रविधि क्लब र बालोदय कला तथा सिप विकास क्लबको नेतृत्व छान्न मतदान गरिएको हो ।

विद्यार्थीलाई चुनावी प्रक्रियाबारे व्यावहारिक जानकारी दिन विद्यालयले सो कार्यक्रम गरेको हो । चारवटै क्लबका प्रतिनिधि उम्मेदवार उठाई उनीहरुकै सहकर्मी विद्यार्थी मतदाताबाट निर्वाचित हुने व्यवस्था मिलाइएको विद्यालयका सूचना प्रविधि संयोजक रघुनाथ ज्ञवालीले जनाए ।

मतदान प्रक्रियामा कक्षा ६ देखि १० सम्मका ३ सय ७५ विद्यार्थीले भाग लिएका थिए ।

विद्यालय प्रबन्ध निर्देशक दुर्गा पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीको प्रमुख आतिथ्य थियो । विद्यालय प्रअ टेकनाथ पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा विद्यार्थीलाई मतदान प्रक्रियाबारे सम्पूर्ण जानकारी दिइएको थियो ।

विधिपूर्वक मर्यादितरुपमा सम्पन्न भएको मतदानमा मतदान अधिकृत विद्यालयका अतिक्ति क्रियाकलाप संयोजक ईश्वर ढकाल तोकिएका थिए । सहायक कर्मचारीमा एसइई २०७९ मा सम्मिलित विद्यार्थीहरु स्वीकृत पौडेल, प्रवेश अधिकारी, कृतज्ञ गुरुङ, नवीना थापा, जेनिशा केसी र स्तुति केसी थिए ।

निर्वाचन सुरक्षा, मतदाताकोसुरक्षार्थी कक्षा ६ देखि १० सम्म पढाउने शिक्षकले भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा विद्यालय प्रअ टेकनाथ पौडेल, प्लस टु इन्चार्ज रमेशकुमार आचार्य, सूचना प्रविधि संयोजक रघुनाथ ज्ञवाली, पर्यवेक्षक थिए । मतदान दिउँसो १२ देखि बेलुका ५ बजेसम्म चलेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width