विद्युतीय पाश्र्वचित्र सम्बन्धी छलफल

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८०
Digital Profile LEkhnath

पोखरा । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्यांक संकलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले २६ देखि ३२ नं.वडाका जनप्रतिनिधिसहित स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित विद्युतीय पाश्र्वचित्र निर्माणका लागि तथ्यांक संकलन तयारी भेलामा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समग्र महानगरपालिकाको योजना तर्जुमा, समावेशी विकास, सम्भावित प्राकृतिक प्रकोपको व्यवस्थापन लगायतको पूर्व तयारीका लागि आवश्यक प्रबन्ध गर्न सहज हुने भएकाले विद्युतीय पाश्र्वचित्र निर्माण गर्न लागिएको बताए ।

यस प्रकारको आधारभूत तथ्यांक संकलनले मात्र कुनै पनि स्थानको प्राथमिकता र आवश्यकताको पहिचान हुने भएकाले विकास निर्माणका गातिविधिहरु सञ्चालन गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे ।

२५ गते देखि गणकहरू घरघरमा आउने जानकारी गराउँदै उहाँले गणकहरूलाई यथार्थ जानकारीहरू टिपाउन अनुरोध गरे ।

महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्यांक संकलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यावसायिक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जीकरण अद्यावधिक लगायतका विवरणहरु संकलन गरिनेछन् ।

महानगरका प्रमुख सूचांकहरु, खण्डीकृत सूचांकको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ ।

महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भरपर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ ।

महानगरपालिका ३३ वडामा तथ्यांक संकलनका लागि २ सय २० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्यांक संकलनका लागि यही वैशाख २५ गतेदेखि फिल्डमा खटिनेछन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width