लालीगुराँस युवा क्लबलाई उपाधि

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०८०
Nasar melas

लमजुङ । परम्परागत नासर मेला अवसरमा सञ्चालन गरिएको खुला फुटबल प्रतियोगिताको उपाधि लालीगुराँस युवा क्लब, भुजुङले जितेको छ । २३ टिमलाई पछि पार्दै लालीगुराँसले उपाधि सहित ७५ हजार हात पारेको हो ।

मस्र्याङ्दी गाउँपालिका– १ को नासरडाँडामा रहेको खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगिताको उसले फाइनलमा जिएफएफसी क्ब्होलासोंथरलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराएको हो ।

उपविजेताले ४० हजार पाएको आयोजक घनपोखरा युवा क्लब अध्यक्ष डिकेन्द्र गुरुङले बताए ।

उनका अनुसार सो अवसरमा छेलो र डोरी तान्ने खेल पनि खेलाइएको थियो । छेलोतर्फ कुम्लुङ गाउँका कौबहादुर गुरुङ पहिलो भए । दोस्रो स्थान धर्मसिंह गुरुङले प्राप्त गरे । सो प्रतियोगितामा १३ जना युवाहरूले भाग लिएका थिए ।

डोरी तान्नेमा भाँचे गाउँको टिम पहिलो भयो । पहिलो हुने टिमलाई ५ हजार नगद र प्रमाणपत्र तथा दोस्रो हुने आयोजक टिमले ३ हजार र प्रमाणपत्र पाएको छ ।

समापनमा विजेतालाई पोचोको समाज पोखराका अध्यक्ष सुवेदार मेजर राजकुमार गुरुङले पुरस्कार वितरण गरेका थिए ।

घनपोखराको भूपू सैनिक संगठन र घनपोखरा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको उक्त मेलाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । सुरुका वर्षमा सो मेला घनपोखराको भूपू सैनिक संगठनले मात्र सञ्चालन गर्ने गरेकोमा १० वर्षयता युवा क्लब सहभागी हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width