पोखरा । व्रतबन्धको भतेरमा जातीय छुवाछूत गर्ने कास्कीको माछापुच्छ्रे का वडा सदस्य पक्राउ परेका छन् । दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याएको आरोप लागेका माछापुच्छ्रे ५ का वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् ।
आफन्तको व्रतबन्धमा पोखरा–२९ भण्डारढिकबाट फागुन २५ गते पुख्र्यौली गाउँ रिभान पुगेका नारायण परियार (नारन) ले भान्सा छोएको भन्दै वडा सदस्य लामिछानेसहितले भतेर पोखेका थिए । परियारले जातीय विभेदको आरोपमा रिभानका ४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । व्रतबन्धका कर्ता सन्तोष परियार र स्थानीय सुजन लामिछाने चैत १२ मै पक्राउ परे पनि वडा सदस्य लामिछाने र स्थानीय सरीता लामिछाने फरार थिए । उनीहरु दुई जना आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ परेका हुन् । आइतबारै अदालतबाट म्याद थपेर उनीहरुलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।
पीडित नारायणले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन माग गर्दै जाहेरी दिएका छन् ।
घटनाक्रम अनुसार सन्तोषले आफ्ना छोराहरुको ब्रतबन्धमा आफन्त, नजिकका नातेदार तथा गन्यमान्यलाई निम्तो दिए । निम्तो मान्न भण्डारढिकका नारनसहित, जोगेन्द्र दास परियार, नरबहादुर कुमाल, मीनबहादुर परियार लगायत पनि गए । आफ्नो धर्म संस्कार अनुसार टीका तथा दानदक्षिणपछि नारन भोजभतेर खान भनी भान्छातर्फ लागे । भान्छामा सीता लामिछाने थिइन् । उनले एक्कासि नारनलाई लक्षित गरी ‘तिमी के थरी हौं रु’ भनी सोधिन् । नारनले आजको कर्ताको आफन्त हुँ भनी जवाफ दिए । तर सीताले ‘तिमी दमैहरुलाई यहाँ होइन, तिमीहरुको भान्छा छुट्टै छ’ भनेपछि घटनाले उग्ररुप लिएको हो ।
त्यत्तिकैमा वडा सदस्य रामजी लामिछानेले ‘तिमी दलितहरु ठूला पल्टिन्छौं । हाम्रो भान्छा जुठो भयो’ भन्दै भान्सामा पाकेका दाल, भात, तरकारी, अचार भुइँमा घोप्टाए । अर्का स्थानीय सुजन लामिछानेले पनि जातीय विभेद गरे । त्यसपछि नारन भान्छा नगरी अपमान भएको महसुस गर्दै घर फर्किए ।
ब्रतबन्ध आयोजक सन्तोषले आफूलाई फोन गरेर भान्छा छोएकाले सबै खानेकुरा फाल्नु पर्यो । मेरो १ लाख ५० हजार खेर गयो । पाहुना बोलाएका बाहुन क्षत्रीको अपमान गरेर धर्म, संस्कार बिथोलेको भन्दै कुल कुटुम्बबाट निकाल्ने भनी धम्क्याएको नारनको गुनासो छ । अहिलेको युगमा पनि दलितको नाममा छुट्टाछुट्टै भान्छा बनाउनु जातीय छुताछूतको प्रश्रय भएको नारन बताउँछन् ।
यो पनि
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१