पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ का वडा सदस्य रामजी लामिछानेसहित ५ जनालाई जातीय छुवाछूतको आरोप लागेको छ । आरोपीमध्ये दलित समुदायका पनि छन् ।
गत २५ फागुनमा रिभानका सन्तोष परियारको छोराको ब्रतबन्धमा पुगेका भण्डारढिकका नारन दमै (परियार) माथि भान्छा छोएको विषयलाई लिएर भएको जातीय विभेदको घटनाविरुद्ध संयुक्त दलित संघर्ष समिति एकजुट भएका छन् । समितिले आरोपीमध्ये वडा सदस्य लामिछानेसहित सन्तोष परियार, सुजन लामिछाने र सीता लामिछानेलाई जातीय छुवाछूतविरुद्ध हदैसम्मको कारबाहीको माग गरेका छन् ।
घटनाक्रम अनुसार सन्तोषले आफ्ना छोराहरुको ब्रतबन्धमा आफन्त, नजिकका नातेदार तथा गन्यमान्यलाई निम्तो दिए । निम्तो मान्न भण्डारढिकका नारनसहित, जोगेन्द्र दास परियार, नरबहादुर कुमाल, मीनबहादुर परियार लगायत पनि गए । आफ्नो धर्म संस्कार अनुसार टीका तथा दानदक्षिणपछि नारन भोजभतेर खान भनी भान्छातर्फ लागे । भान्छामा सीता लामिछाने थिइन् । उनले एक्कासि नारनलाई लक्षित गरी ‘तिमी के थरी हौं ?’ भनी सोधिन् । नारनले आजको कर्ताको आफन्त हुँ भनी जवाफ दिए । तर सीताले ‘तिमी दमैहरुलाई यहाँ होइन, तिमीहरुको भान्छा छुट्टै छ’ भनेपछि घटनाले उग्ररुप लिएको हो ।
वडा सदस्य रामजी लामिछानेसहित ५ जनालाई जातीय छुवाछूतको आरोप
त्यत्तिकैमा वडा सदस्य रामजी लामिछानेले ‘तिमी दलितहरु ठूला पल्टिन्छौं । हाम्रो भान्छा जुठो भयो’ भन्दै भान्सामा पाकेका दाल, भात, तरकारी, अचार भुइँमा घोप्टाए । अर्का स्थानीय सुजन लामिछानेले पनि जातीय विभेद गरे । त्यसपछि नारन भान्छा नगरी अपमान भएको महसुस गर्दै घर फर्किए ।
ब्रतबन्ध आयोजक सन्तोषले आफूलाई फोन गरेर भान्छा छोएकाले सबै खानेकुरा फाल्नु पर्यो । मेरो १ लाख ५० हजार खेर गयो । पाहुना बोलाएका बाहुन क्षत्रीको अपमान गरेर धर्म, संस्कार बिथोलेको भन्दै कुल कुटुम्बबाट निकाल्ने भनी धम्क्याएको नारनको गुनासो छ । अहिलेको युगमा पनि दलितको नाममा छुट्टाछुट्टै भान्छा बनाउनु जातीय छुताछूतको प्रश्रय भएको नारन बताउँछन् । त्यसैले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको उनले बताए ।
कास्की प्रहरीले आरोप सन्तोष र सुजनलाई पक्राउ गरेको छ । फरार वडासदस्य रामजी र सीता लामिछानेको खोजी भइरहेको प्रहरीले जनायो ।
यसैबीच, मुक्ति समाज कास्की, नेपाल दलित संघ कास्की, नेपाल दलित मुक्ति मोर्चा कास्की, नेपाल दलित मुक्ति संगठन कास्की, दलित महिला संघ (फेडो) कास्की, विश्वकर्मा समाज कास्की, मिजार समाज कास्की, दलित सञ्जाल कास्कीलगायतले संयुक्त विज्ञप्ति जारी गरेर जातीय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०