हक अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७९
tamu Photo 1

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातीय हक अधिकारका लागि सामुहिक एकता आवश्यक रहेको बताए । पोखरामा तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्को १३ औं राष्ट्रिय पार्षद सभाको उद्घाटन गर्दै राजनैतीक, सामाजिक र सांस्कृतिक चेतनाका लागि सामुहिक एकता आवश्यक रहेकोमा जोड दिए ।
सो कार्यक्रममा उनले एक्ला एक्लै अघि बढ्नुभन्दा समुह बनाएर जाँदा लक्ष्य भेट्न सहज हुने उनको तर्क थियो । तमुहरुको भाषा, संस्कार, संस्कति जगेर्ना गर्नका लागि एकता आवश्यक रहेको उनले बताए । यसमा तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्ले सह्रायिन काम गरेको उनले बताए । आगामी दिनमा पनि रचनात्मक काम गर्दै तमु जातिको अस्तित्व कायम गर्न भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्, संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङ, जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, सम्मानित सांसदहरुको तर्फबाट सरस्वती गुरुङ, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ, सल्लाहकारहरुको तर्फबाट डा. टेक गुरुङ, आवद्ध संस्थाहरुको तर्फबाट तमु बौद्ध सेवा समितिका महासचिव पुष्प गुरुङ लगायतले तमुहरुको हक हितका लागि तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्ले रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए ।

शनिबार सुरु भएको भेला पोखरा आईतबार सकिने तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । केन्द्रीय पार्षदसभामा गुरूङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका विषयमा छलफल हुने गुरूङले जानकारी दिए ।

‘तमु भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आव्हान, तमु भाषामा तमु थातथलोको नाम पुनस्र्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना हुने सो भेलामा देशभरबाट गरी ६ सयजना प्रतिनिधिहरूको सहभागिता रहेको महासचिव डम्बर गुरुङले जानकारी दिए ।

विभिन्न जिल्ला तथा प्रदेश समितिहरू, विशेष सदस्य संगठन, केन्द्रीय सल्लाहकार, निर्देशन तथा अनुगमन समितिको भेलामा सहभागिता रहेको छ । नेपालको संविधानले परिकल्पना गरेको राज्यको विकासका बारेमा संस्थागत धारणा निर्माण गर्ने विषयमा नीतिहरू पारित गर्ने भेलाको मुख्य उद्देश्य रहेको उनले बताए । संस्थाको सांगठनिक संरचना राज्यको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति छन् ।

उद्घाटन अघि चिप्लेढुंगाबाट सभागृह हलसम्म झाकी¥यालिको आयोजना गरिएको तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्, कास्कीका अध्यक्ष सिता गुरुङले जानकारी दिईन् । झाकी¥यालिमा देशभरबाट २५ भन्दाबढि आवद्ध संस्थाका २ हजारभन्दा बढि तमुहरुको सहभागिता रहेको उनले बताईन् ।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width

Recent Posts

भर्खरै