रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७९
blood donation

पोखरा । रेडियो अन्नपूर्णले शनिबार पोखरामा आयोजना गरेको २१ औं रक्तदान कार्यक्रममा १ सय १० युनिट रगत संकलन भएको छ ।

नयाँ रक्तदाहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ९४ पुरुष र १६ महिला गरी १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले बताए ।

तीमध्ये ३० जना नयाँ रक्तदाता छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रको उद्घाटन गरे । प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताए । रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ संस्था तथा रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गरे । स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताए ।

कोशिस नेपालका परियोजना संयोजक सुदिप घिमिरेले पछिल्लो समयमा आत्महत्यको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width